काठमाडौं । आज जिल्ला प्रशासन कार्यालय चलान हुने भनेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ ।
पक्राउ परेकाे पहिलाे पटक ७ र दाेस्राे पटक ५ दिन म्याद थप गरि अनुसन्धानमा रहेका अग्रवालकाे दाेस्राे म्याद आज सकिएपछि पुन १० दिन थपिएकाे हाे ।
जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ अग्रवाल भन्सार समेत छलेर नेपाल वायुसेवा निगमको चार्टर गरेर ल्याएको जाहाजबाटै २० हजार थर्मल गन सहित पिपिई, एन ९५ माक्स लगायतका स्वास्थ सामाग्री सहित चैत २५ गते पक्राउ परेका थिए ।
स्राेतका अनुसार शनिबार दिनभर पनि उच्चपदस्थ राजनीतिज्ञ देखि पहुचवालाहरुसम्म उनलाई छुटाउन निक्कै दौडधुप गरेको स्रोतको भनाई छ ।
उद्योगी व्यापारी र सम्बन्धित पहुँचवालाहरु शुलभले अन्जानमा कमजोरी गरेको, अर्बपति ब्यापारी मान्छे यस्तो काममा गल्तीले लागेको र एकपटकलाई कमजोरी स्वीकार गर्दै छोडिदिन लविङ गरिरहेका थिए ।
भने, प्रमख जिल्ला अधिकारी जनकराज दाहाल लगायत अनुसन्धानमा संलग्न प्रहरी अधिकारहरु भने यस्ताे अापतकाे बेलामा जनता र देशमाथि गद्दार गर्न खाेज्ने जाे काेहिलाई पनि छुट नहुने र कानुन अनुसार सजाय हुने बताउँदै आएका छन् ।