अध्यक्ष ओली र नारायणकाजीबीच भेटवार्ता

  Sampatti News

June 13, 2022

काठमाडौं । नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । माओवादी नेता श्रेष्ठले आइतबार करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर स्रोत बताउँछ । यो भेटका बारेमा दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी दिइएको थिएन् ।

वाम गठबन्धनको सम्भावनालाई नेकपा एमाले र माओवादी केन्द्रको संस्थापनले अस्वीकार गरिरहेका बेला प्रचण्डसँग पार्टीभित्र फरक मत राखिरहेका श्रेष्ठले भेट्नुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।

मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता चिन्तित रहेको निकट स्रोतले जनाएको छ । श्रेष्ठ एमसीसीको व्याख्यात्मक घोषणासहित पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति रुष्ट छन् । चिनियाँहरूले माओवादीका वरिष्ठ नेता वर्षमान पुनमार्फत पनि पछिल्लो अवस्थाको बारेमा चासो राखेका स्रोत बताउँछ ।
यता,प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसअघि भइरहेका अमेरिकी गतिविधिहरूलाई एमालेले जस्तै नारायणकाजी, देव गुरुङलगायतका नेताहरूले पनि असामान्य भन्दै सरकारको जवाफ मागेका छन् ।

सोमबार पुन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीबीच गोप्य भेट भएको छ ।

प्रकाशित मिति:June 13, 2022