अमेरिका भम्रणबारे प्रधानमन्त्रीले देशलाई जानकारी दिनुपर्छ : अध्यक्ष नेपाल

  Sampatti News Online

June 13, 2022

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रण बारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।
नेपालले भ्रमणमा देशलाई उचित हुने भन्दाबाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुने बताएका छन् । उनले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए साथै परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने समेत बताए ।

अध्यक्ष नेपालले भने – कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौँ । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन ।

प्रकाशित मिति:June 13, 2022