मन्त्रिपरिषद् बैठक बस्दै, नियमित एजेन्डामाथि छलफल

  Sampatti News Online

June 14, 2022

काठमाडौँ । आज साँझ चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयका नियमित एजेन्डामाथि छलफल तथा निर्णय गर्दै छ । परिषदको नियमित बैठक सोमबार र विहीवार बस्ने गरेको छ ।

यसबाहेक अन्य केही राजनीतिक र सामान्य प्रशासनिक निर्णय पनि हुन सक्ने बालुवाटार प्रशासन स्रोतले जनाएको छ । ‘हुन्छ नै त भन्न सकिएन तर ४ बजेसम्म केही होला कि भन्ने छ’, ती स्रोतले भने ।

आजको बैठकले रिक्त एक सचिव पदमा बढुवासमेत गर्न सक्ने भनिए पनि बढुवा सिफारिस समितिको पूर्ण बैठक बसी नसकेकोले प्रस्ताव नै पेस हुन नसकेपछि आजलाई बढुवा रोकिने भएको छ । सोमबार प्रारम्भिक बैठक बसेको थियो । आज सवा ५ बजे मात्रै पूर्ण बैठक बसी सचिवका लागि सिफारिस गर्नेछ ।

जेठ १९ गतेदेखि एक सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव याम कुमारी खतिवडाले अनिवार्य अवकाश लिएसँगै रिक्त भएको उक्त पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वरिष्ठ सहसचिव विनोद प्रकाश सिंह आउनेछन् ।

प्रकाशित मिति:June 14, 2022