जनक शिक्षाको बचाउमा शिक्षा मन्त्री पौडेल (पूर्णपाठसहित)

  Sampatti News Online

June 14, 2022

काठमाडौँ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेको छ । उनी पढाइ सुरु भएको लामो समयसम्म पाठ्य पुस्तक छाप्न नसकेको जनक शिक्षाको पक्षमा लागेका हुन् ।

‘निःशुल्क पाठ्यपुस्तक छपाई तथा वितरणः शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भएतापनि कक्षा १–३ को पाठ्यपुस्तक नीजि प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ,’ मन्त्री पौडेलले भने ।

उनले जनक शिक्षाबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नु पर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको बताए ।

बाँकी पुस्तक पनि छाप्ने काम भइरहेको मन्त्री पौडेलको भनाइ थियो । उनले नीजि प्रकाशकबाट छपाइ एवं वितरण काम भइरहेको बताए ।

https://drive.google.com/file/d/1JvHz8YDFVqiUkzw5L2R21TqHm_Jj1tJA/preview

प्रकाशित मिति:June 14, 2022