भक्तपुर। सुर्य नगर टोल बिकास समाजले आज भक्तपुरका सन्चरकर्मिहरुलाई सिनिटाइजर,मास्क र ग्लोबस हस्तान्तरण गरेकाे छ भने टोल बिकास समाजले अति बिपन्न 28 परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराएकाे छ ।
कोरोनाको त्रास बीचमा पनि जाेखिम माेलेर दिनरात नभनी समाचार सम्प्रेषण गर्ने सन्चारकर्मिहरुलाई सुरक्षित तवरबाट समचार सम्प्रेषण गर्न सहयाेग पुगाेस् भन्ने उद्देश्यले सुर्य नगर टोल बिकास समाजले आज भक्तपुरका पत्रकारलाई सिनिटाइजर, मास्क र ग्लोबस प्रदान गरेको हाे ।
समाजले उपलब्ध गराएको सामग्री भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी लाई समाजका सल्लाहकार एब प्रेस काउन्सिल नेपाल ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्दप्रसाद चौलागाईं र संस्थाका अध्यक्ष बालकृष्ण न्यौपानेले सयुक्त रुपमा हस्तान्तरण गर्नुभएकाे छ ।
हस्तान्तरण कार्यक्रममा भक्तपुर का सन्चरकर्मिहरुको समेत उपस्तिथि रहेको थियो।
कार्यक्रममा उपस्तिथि सञ्चारकर्मिहरुलाई महासंघका केन्द्रिय सदस्य चौलागाईं र जिल्ला अध्यक्ष बुढाथोकीले बितरण गरिदिनु भएको हाे ।

यहि कार्यक्रमकाे बिचमा टोल बिकास समाजले अति बिपन्न 28 परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराएकाे छ ।
समाजका अध्यक्ष न्यौपाने र सल्लाहकार सहित सबैटोलबासिले संकलन गरेको आर्थिक सहयोगबाट 30 जनाको बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको सस्थाका कोषाध्यक्ष राजकुमार ठकुरीले बताउनु भयो।
