प्रदेश नम्बर ३को प्रदेशसभा बैठक बस्यो

  Sampatti News

November 21, 2018

हेटौंडा । प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक हेटौडामा बसेको छ । प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा आज बिहिबार अपरान्ह १ बजे क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको हो।

बैठकमा जेष्ठ सदस्यको हैसियतले प्रदेश संसद डोरमणि पौडेलले सभामुखको भूमिका निर्वाह गर्नु भएको छ । बैठकको सुरुवातमा प्रदेश प्रमुख अनुराधा कोइरालाले पहिलो प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर डोरमणि पौडेलले सुनाउनु भएको थियो ।

त्यसपश्चात प्रदेशसभामा प्रतिनिधित्व गर्ने उपस्थित दलका एक-एक जना नेतालाई बोल्न दिइएको थियो । बैठकले माघ २७ गते सभामुख चयनको मिति तोकेको छ। नेपालको इतिहासको पहिलो प्रदेशसभा बैठक प्रदेश न ३ बाट सुरु भएको हो। बैठकको लागि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति:November 21, 2018