ओलीले गरे नेपालको प्रशंसा : माधवले ठिकै कुरा बोले, रक्सी खाएर प्रधानमन्त्रीले सही गर्लान्

  Sampatti News Online

June 17, 2022

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपीमा सहभागी हुनेबारे आफूलाई केही जानकारी नभएको बताएका छन् । शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले एसपीपीलाई लिएर आफूविरुद्ध भ्रम फिँजाइएको आरोप लगाए । ‘अस्तिमात्रै प्रचण्डले यो त केपी ओलीले गरेको भनेर भ्रम फिँजाए, झुठ र बेइमानीको पनि हद हुन्छ नि,’ ओलीले भने ।

प्रशिक्षणमा बोल्दै ओलीले सेनाप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले माधव नेपालको समेत प्रशंसा गरेका छन् ।

‘माधवले एउटा ठिकै कुरा बोले, रक्सी खाएर प्रधानमन्त्रीले सही गर्ला भनेर,’ अध्यक्ष ओलीले नेकपा एमाले रक्सी नखाने भन्दै रक्सी खाएर सही पनि नगर्ने दाबी गरे । आजै बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीले ह्वीस्की खाएर सही होला सचेत हुनु भनेका थिए ।

‘यदि, रक्सी खाएर महान संघर्षलाई बल दिन सक्ने भए मैले लड्ने गरी खाइदिन्थे, तर हामी निन्द्रामा पनि सतर्क हुनुपर्छ, जाली फटाहा छेउमा छ भने औलो समातेर सुत्नुपर्छ’, ओली भने ।

प्रकाशित मिति:June 17, 2022