गठबन्धनका शीर्ष नेताको बैठक जारी, एसपीपीबारे छलफल हुँदै

  Sampatti News Online

June 19, 2022

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको जारी छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेको हो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता बालुवाटार पुगेका हुन् ।

प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनु पर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेता प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

प्रकाशित मिति:June 19, 2022