संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने : सांसदको अपमान भयो, खेद प्रस्ताव पारित गरौँ

  Sampatti News Online

June 19, 2022

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न सुझाव गरेका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले उक्त प्रस्ताव गरेका हुन् ।

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त ९बैठकमा अनुपस्थित० लोकतन्त्रको रक्षा गरेको रु उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो ।

‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ,’ उनले थपे ।

प्रकाशित मिति:June 19, 2022