एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनमा छलफल भएको छैन : अध्यक्ष नेपाल

  Sampatti News Online

June 19, 2022

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् ।

आज विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा नेपालले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकारको विषयलाई लिएर अहिले विवाद भइरहेको छ । नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताए ।

तर नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति:June 19, 2022