प्रचण्डले के का निम्ति राजस्वको महानिर्देशकमा अधिकारीलाई बनाए

  Sampatti News

June 19, 2022

काठमाडौं । चुनावमा पार्टीलाई चन्दा उठाइदिने प्रतिबद्धता व्यक्त गरे लगतै जगेडाना रहेका सहसचिव झलक अधिकारीले प्रचण्डको आशिर्वादमा राजस्व अनुसन्धान विभाग महानिर्देशकको पद हात पारेका छ्न । पढेर लोकसेवा जाच दिएर आएका प्रशासकहरु पढ्ने बेलाका सिद्धान्त भुल्दै नेतालाई जे गर्न नि तयार छु मलाई ठाउँ चाइयो भन्छ्न भने कसबाट सुधारको अपेक्षा गर्ने यो नियुक्तिको भित्री चुरो बुझेहरु सतहमै कुरो गर्न थालेका छ्न । चार महिना सामान्य प्रशासन मन्त्रालयमा जगेडामा रहेका सहसचिव अधिकारीले तनाव लिएर बरण्डामा हल्लिनु भन्दा सर्तपूरा गरेरै एकाएक जिम्मेवारी लिएका छन। सहसचिव अधिकारीले ठुलै डिलमा जिम्मेवारी हत्याए पनि केही मिडियामा प्रचारप्रसार गर्दै बुधबार पदभार ग्रहण गरेका हुन् ।

महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन् । काङ्ग्रेस पृष्ठभुमि भएपनि राम्रो काम गर्दागर्दै पौडेल महानिर्देशक बनेको ८ महिना नपुग्दै सरुवा गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रकाश काङ्ग्रेस हुनु नै गल्ती भयो भन्दै आक्रोश सहित दर्जनौं कर्मचारीहरू प्रतिरक्षामा निम्ति पुगेपछि प्रधानमन्त्रीले त्यहाँ त प्रचण्डले पटकपटक भनेकाले मैले वचन दिएको हुँ भनेपछि काङ्ग्रेसी कर्मचारी फर्केका थिए ।

सरुवामा परेका पौडेल अहिले सामान्यमा भएपनी अब सञ्चार मन्त्रालय जाने तयारी गरेको बुझिन्छ अधिकारी भने यसअधि ४ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका बेला शक्तिकेन्द्र रिझाउन सफल भएका थिए ।

अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । कार्यालयले अधिकारीलाई महानिर्देशकको जिम्मेवारी पाएसँगै कालाबजारिहरुबीच खुशी छाएको बताइएको छ ।

अधिकारी यसअघि सहकारी विभागका रजिस्ट्रार थिए । उनी ठुला करदाता कार्यालयमा प्रमुखका रुपमा काम गरिसकेकाले पनि ठुला करछली गर्नेहरूको गिरोह पहिचान गर्न उनलाई गाह्रो नपर्ने निष्कर्षमा पद दिइएको समाचार श्रोताले बताएको छ ।

प्रकाशित मिति:June 19, 2022