इन्धनको भाउ बढेसँगै सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ?

  Sampatti News Online

June 20, 2022

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । इन्धनको भाउ बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ । पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा बढाएको हो ।

विभागले अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५‍‍.३० प्रतिशतले भाडा बढाएको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

https://drive.google.com/file/d/1hculLBKB_lYaQ7JOrhxUQrDzrmk_ocBk/preview

प्रकाशित मिति:June 20, 2022