पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता हो : मन्त्री बडू

  Sampatti News Online

June 20, 2022

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता भएको बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन नसक्ने बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताएका छन् ।

जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए । उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने समेत बताए ।

प्रकाशित मिति:June 20, 2022