म जेल जान तयार छु तर इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दिन : भीम रावल

  Sampatti News Online

June 22, 2022

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् ।

आज संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।

संविधान विपरीत इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा राख्न ठुलो चलखेल भएको समेत रावलले बताए । छलफलमा रावलले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नै उपस्थित नभएपछि बैठक भने बस्न सकेन । समितिले मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल गर्ने पनि बताएको छ ।

प्रकाशित मिति:June 22, 2022