एकीकृत समाजवादीद्वारा मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग

  Sampatti News Online

June 22, 2022

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

आज बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

‘अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन रु तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौँ,’ उनले भने ।

आज बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय सुनाउने पनि उनले बताए ।

सचिवालय बैठकमा पार्टीका आगामी बैठकका तयारीबारे पनि छलफल भएको उनको भनाइ छ । एकीकृत समाजवादीले गएको जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति:June 22, 2022