१७ एसएसपी डिआइजी बढुवा सिफारिस, को को परे (सूचीसहित)

Nepal Cover
९ असार २०७९, बिहीबार
image

काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ ।
सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् । दीपक थापा चौथो नम्बरमा छन् ।

यसै गरी सूचीमा क्रमशः श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।