गठबन्धनलाई निरन्तरता दिइने।अध्यक्ष नेपाल

Nepal Cover
१२ असार २०७९, आईतवार
image

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। उनले शेरबहादुरकाे देउवा नेतृत्वमा रहेको सरकार पनि कायमै रहने छन् , बताए।
आज काठमाडौंमा अनेमसंघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं। यो गठबन्धन सरकार कायमै रहन्छ।’

उनले केही समस्या छन् भने छलफल गरेर अघि बढ्ने पनि बताए। ‘गलत कुरा छन् भने संघर्ष गर्ने हो। जनतालाई कष्ट र दुःख हुने कुरामा भने साथ हुन्न, उनले भने, ‘सुशासनका पक्षमा छौं।’उनले पार्टी संगठन व्यापक रूपमा विस्तार गर्न पनि आग्रह गरेका थिए। संगठनमा काम गर्ने र नगर्नेको अभिलेख राख्नुपर्ने उनले बताए।