शेयर बजारमा उच्च अंकको वृद्धि, दुई अर्ब ४८ करोडको कारोबारमाथिको कारोबार

  Sampatti News Online

July 3, 2022

काठमाडौं । शेयर बजारमा साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ५७.६१ अंकले बढेर दुई हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको हो । आज नेप्सेमा एक दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अब साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघसवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार बैंक अफ काठमाण्डूको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको भएको छ । यसको आज २२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:July 3, 2022