सभामुख सापकोटाले बोलाए छानविन समितिको बैठक

Nepal Cover
२४ असार २०७९, शुक्रबार
image

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । सभामुखले दिउँसो १ बजे बैठकका लागि छानबिन समितिका सदस्यहरुलाई बोलाएको हो ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।