मकवानपुरमा स्थानीय तहबाटै निःशुल्क पासपोर्टको फारम भर्न सकिने

  Sampatti News Online

July 8, 2022

खेम राज खनाल असार,२३ हेटौडा
मकवानपुर । अब देखि मकवानपुर जिल्लाका १० वटै स्थानीय तहबाट निःशुल्क रुपमा विद्युतीय पासपोर्टको लागि अनलाईन फारम भर्न मिल्ने भएको छ।
आज बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले कार्यालयमा अनलाईन फारम भर्नेको अत्याधिक भीड बढेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्वयमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाईन फारम भर्ने व्यवस्था मिलाईएको बताए।
२४ गते शुक्रबारबाटै स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने गरि व्यवस्था गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
मकवानपुरमा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५ सय ४० जनाले फारम भर्न सकिने ब्यबस्था मिलाईएको भन्दै प्रजिअ पाण्डेले शुक्रबार कार्यालयमा समयमानै पुगेर स्थानीय तहबाट फारम भर्न सेवाग्राहीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको उपस्थित रहेको थियो

प्रकाशित मिति:July 8, 2022