काठमाडौं । संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताए । त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गर्यो ।
यो सँगै नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएका छन् । संसदमा नागरिकता ऐन संशोधन विधेयक २०७५ साल साउन २२ गतेदेखि विचाराधीन थियो।