होटलमा २१ वर्षीया युवती । मृत फेला

  Sampatti News Online

July 10, 2022

२६ असार । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएका छन् । होटेलको कोठा नंं १०५ मा बस्ने सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।

मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको छ ।सदीक्षासँगै बसेका युवकलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।

प्रकाशित मिति:July 10, 2022