चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ

  Sampatti News Online

July 10, 2022

काठमाडौं, २६ असार । चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज विहान काठमाडौं आइपुगेको छ । आठ सदस्यीय सहित नेतृत्व गर्दै उनी आज काठमाडौं आएका छन्।
नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् । केही दिनअघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । उनले परराष्ट्रमन्त्री डा‍‍‍ खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।

प्रकाशित मिति:July 10, 2022