निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक

  Sampatti News Online

July 11, 2022

२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक बसेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुन सक्छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छन् । उनले भने, ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं ।
आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल हुन्छ । कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको छ ।

बैठकमा डा। शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
आइतबार बसेको कोइराला पक्षका नेताहरुको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति:July 11, 2022