जनता समाजवादी पार्टी फुटने कागारमा

  Sampatti News Online

July 12, 2022

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फेरि अर्को फुट देखा परेको हो । उपेन्द्र यादव र डा बाबुराम भट्टराई अलग अलग बाटो लाग्ने गरी दुवैले आ आफ्नो भेला र बैठक बोलाएपछि जसपा विभाजनतर्फ औपचारिक रुपमा अघि बढेका छन् ।

मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । अझै पनि नेताहरु भेलामा पुग्नेक्रम जारी रहेको भट्टराई पक्षका नेताहरुले बताएका छन् ।

बाबुरामनिकट नेता डम्बर खतिवडाका अनुसार जसपा अब विभाजनको प्रक्रियामा पुगेका छन् । ‘अब प्रक्रियागत रूपमा पार्टी विभाजनको बाटोमा गयो,’ खतिवडाले भने ।

प्रकाशित मिति:July 12, 2022