उपेन्द्र यादव पक्षलाई वार्तामा आउन बाबुरामको आह्वान

Nepal Cover
२८ असार २०७९, मंगलवार
image

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता आउन आह्वान गरेको छ । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले भनेका छन् वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको बताएका हुन् ।
जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेका छन् दावी गरे । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे । जसपाका अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको छ बताए ।पार्टीको विधानअनुसार दुई जना अध्यक्षको व्यवस्था रहेको र त्यसै अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्छ भन्दा मरिगए अध्यक्ष राख्न नमानेको गुनासो गरे ।