प्रतिनिधीसभाको उपसभामुख चुनाव असार ३१ गते

  Sampatti News Online

July 14, 2022


काठमाडौं । झण्डै चार वर्षदेखिै रिक्त रहेका प्रतिनिधीसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएका छन् ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएका छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि शिवमाया तुम्बाहाम्फे उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि भने तत्कालिन सरकारकोनेतृत्वमा रहेका केपी ओललिे उपसभामुखको चुनावमा ध्यान दिएका थिएनन ।
अहिले देउवा प्रधानमन्त्री भएर आएको वर्ष दिनसम्म पनि चासो दिइएको थिएन। तर अहिले सम्वैधानिक परिषद्मा सरकारको बहुमत बनाउनकका लाागि उपसभाामुखको निर्वाचन गराउने तिर सरकार अगाडी बढेको हो ।

उपसभामुखमा माओवादीको सभामुख भएकोले संविधानत दावी गर्न पाउँदैन । सत्तारुढ दलमध्ये राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने बताइसकेको छ। नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने छैनन्। सभामुख र उपसभामुख एउटै दल र एउटै लिंगको हुन नपाउने ब्यवस्था छ । सभामुख अग्नि सापकोटा रहेकोले उपसभामुख महिलाबाट बनाउनु पर्ने हुन्छ ।

प्रकाशित मिति:July 14, 2022