पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरसकाे पुष्टि

  Sampatti News Online

July 14, 2022

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसबाट संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसमध्ये २६० जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेका छन् । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति:July 14, 2022