मन्त्री हेरफेरका कारण केही विधेयक पासहुनमा ढिलाइ

  Sampatti News Online

July 18, 2022


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले भने मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको टिप्पणी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले मन्त्री हेरफेरका कारण ढिलाइ पनि भएको हो बताए ।
संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको उनले बताए । सभामुख सापकोटाले केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए ।

उनले भने, ‘यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।’नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको पनि सभामुख सापकोटाले बताए ।

प्रकाशित मिति:July 18, 2022