सचिब सुवेदीलाई शिक्षा मन्त्रालयमा सरुवा

  Sampatti News Online

July 19, 2022


काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।अहिलेसम्म अनुभव र क्षमता भए पनि राम्रो जिम्मेवारी नपाएका सचिब रामकृष्ण सुबेदिलाइ शिक्षा मन्त्रालयमा गरिएको सरुवाको सन्दर्भमा सबैले खुशी व्यक्त गरेका छ्न।

सम्पत्ति न्युजलाई प्राप्त जानकारीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ भने त्यहाँ उपराष्ट्रपतिको कार्यालयका उनै सुवेदीलाई ल्याइएको छ ।यसैगरी कर्णाली प्रदेश सचिव राजकुमार श्रेष्ठको लोक सेवा आयोग र कर्णालीमा डा। गोपी खनाललाई पठाइएको समाचार श्रोतले जनाएको छ ।

सरुवा गरिएका चारै जनाले आजै मन्त्रालयको जिम्मेवारी बहन गर्न पुग्ने जानकारी प्राप्त भएको छ ।

कोइराला माफिया सगको हेलमेलका कारण सरुवा गर्नुपरेको बताइएको छ। राष्ट्रपति कार्यालयका सचिव सुवेदी काठमाडौको प्रमुख जिल्लाअधिकारी मात्रै भएनन लामो समय गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको अनुभव बटुलेका उहाँ प्रदेशको प्रमुख सचिब हुँदै बल्ल उहाले आफनो अनुभव सहितको काम गर्न पाउने हुनुभएको छ।अनुभवका हिसाबले गृह मन्त्रालयमा जिम्मेवारी दिनेपर्ने सचिब सुवेदी लाई शिक्षामा ल्याइएको छ।अझै न्याय गर्ने हो भने हालका गृह सचिब टेकनारायण पाण्डे शिक्षाको उत्पादन भएकाले सचिव सुवेदी र पाण्डे सारफेर गर्ने हो भने जनमुखी परिणाम आउने यो सरुवा नियाल्ने पुर्व प्रशासकहरुको धारणा रहेको पाइन्छ

सचिब रामकृष्ण सुबेदि

प्रकाशित मिति:July 19, 2022