नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव

  Sampatti News Online

July 20, 2022


प्रधानमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । यस्तै सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।

कांग्रेसकी पूर्व कोषाध्यक्ष यादव पूर्व उपसभामुख समेत हुन् । उनी २०६२र६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाको उपसभामुख थिइन् ।
सचेतक बनेका विश्वकर्मा अहिले पार्टीमा केन्द्रीय सदस्य छन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै पुष्पा भुसाल प्रतिनिधि सभा उपसभामुख नियुक्त भएपछि सचेतक पद पनि खाली भएको थियो ।

प्रकाशित मिति:July 20, 2022