निर्वाचन सार्ने षड्यन्त्र हुदै छ (केपी ओली)

  Sampatti News Online

July 20, 2022

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजना भएको एमाले बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ ।

‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले समयमा निर्वाचन हुनुपर्ने भन्दै त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने बताए । उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन वैशाखमा गरिएका थिए त्यो पनि एमालेको दबाबले मात्रै सम्भव भएको छ बताए ।

ओलीले भनेका छन् सरकार सञ्चालकहरू अयोग्य साबित भएको, भ्रष्ट साबित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अनुचित ढङ्गले खलबल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए ।

उनले आफ्नो नेतृत्वको सरकार भएका बेला संवृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई संवृद्धि र विकासका उद्देश्य प्राप्त गर्ने गरी बढ्नुपर्ने समेत बताएका छन्।

प्रकाशित मिति:July 20, 2022