अवकाशको मुखमा परेको सचिव पनी दक्षिण कोरिया उडे

  Sampatti News Online

July 22, 2022


काठमाडौँ । साउन १२ गतेदेखि अनिवार्य अवकाश लिँदै गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव महेश्वर न्यौपाने पर्यटन बोर्डको खर्चमा दक्षिण कोरिया उडेको हो।

साउन ३ देखि ८ गतेसम्म दक्षिण कोरियाको सिउल सहरमा हुने नेपाल कल्चर सेन्टर कोरिया कार्यालय, नेपाली सांस्कृतिक हलको समुद्घाटन समारोह तथा बोर्ड अनावरणका लागि सचिव न्यौपाने कोरिया पुगेको हुन् ।
नेपाल पर्यटन बोर्डको चाँजोपाँजोमा उडेका सचिवको भ्रमण टोलीमा बोर्डका सिइओ धनञ्जय रेग्मीसहित केही कर्मचारी र सञ्चालक समिति सदस्यसमेत रहेका छन् ।

स्रोतका अनुसार नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने यो कार्यक्रम पर्यटन प्रवर्द्धनसँग सम्बन्धित नभएको भन्दै बोर्ड र मन्त्रालयभित्रै आलोचना भई रहँदा बोर्डको सञ्चालक समिति अध्यक्ष रहने प्रावधान अनुसार सचिव कोरिया उडी छाडेका हुन् ।

सरकारले बोर्डका सिइओ रेग्मीमाथि छानबिन गर्न समिति बनाई समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाए पनि सचिव न्यौपानेको अध्यक्षतामा रहेको बोर्डले उक्त प्रतिवेदन नै अघि नबढाएको अवस्थामा बोर्डकै खर्चमा अवकाशको मुखैमा भएको विदेश भ्रमणले उनीमाथि प्रश्न उठेको छ ।

त्यसै त उच्च पदस्थहरू विदेश भनेपछि हुरुक्कै हुँदै आएको र शाखा अधिकृत जाने कार्यक्रममा समेत सहसचिव तथा सचिव नै कुद्दै जाने गरेको आरोप लाग्दै आएको छ, त्यसैमाथि दशकौँ निजामतीमा बिताई उच्च पदबाट अवकाश हुनै लाग्दा केही अघिसम्मै विदेश कुद्नु पदीय गरिमा कायम राख्न नसकेको छ राय प्रशासकहरूको ।

सचिव जस्तो व्यक्ति, त्यो पनि केही दिनमै अवकाश हुँदै छ, एउटा हल र बोर्ड अनावरण गर्न विदेश उड्ने हो एक सचिवले भने, त्यही भएर त सचिवको पद सचिव जस्तो रहेन ।

प्रकाशित मिति:July 22, 2022