मुक्तक

Nepal Cover
१२ बैशाख २०७७, शुक्रबार
image


१.माया गरे फूललाई काडासंग डराईन
रोजे तिमीलाई नै अरुलाई मन पराईन
जिन्दगीको यात्रा मेरो सहज नभएरै हो
तिम्ले साथ छोडयौ संसारबाट हराईन।।

किन बेग्लै लाग्न थाल्यो पाटो जिन्दगीको
जति हिंड्यो झन् कठिन बाटो जिन्दगीको
घोचिरहन्छ सम्झनाले अचेल पाईलापिच्छे
बल्झाउन आउँछ फेरि खाटो जिन्दगीको।।

तिम्रा सुन्दर अाँखा हेरिरहन देउ मलाई
ढुकढुकि सुनि श्वास फेरिरहन देउ मलाई
तिमी जति सुन्दर यो संसारमा कोही छैन
बनाएर तस्बिर केरिरहन देउ मलाई ।।