काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिलेलाई स्थगित गरी साँझ ५ बजे मात्रै बस्ने भएको छ ।
शनिबार बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सल्लाह दिएको थियो ।
बैठकले लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्ने सम्भावना छ ।