पेट्रोलियम पदार्थको मूल्य घटाउन माग

  Sampatti News Online

August 7, 2022


काठमाडौं ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले निर्वाचन मिति घोषणा गरेपछि यसरी सदन चलाउँन मिल्छ भन्दै प्रश्न गरेको छ ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने तर दुई दुई पटक मूल्य घटेर आउँदा पनी मूल्य नघटाए सरकारले भन्दै उनले आपत्ति जनाए ।

‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ । उनले प्रधानन्यायाधीशका विषयमा छलफल गर्न पाँच महिर्नासम्म सदनमा किन नल्याएको थप प्रश्न गरेका हुन् ।

प्रकाशित मिति:August 7, 2022