June 8, 2020
पोखरा । कोरोना भाइरसका कारण स्याङ्जाका एकजना पुरुषको पोखरामा मृत्यु भएको छ ।
संक्रमण पश्चात पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका उनको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
स्याङ्जा वालिङका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।
मृतक मृगौला, उच्च रक्तचाप, सुगर लगायतका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाइएको वालिङ नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति:June 8, 2020
November 24, 2024
November 23, 2024