पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थाले

  Sampatti News Online

August 11, 2022

काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको गुनासो गरेको छ ।

बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालका कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका हुन् ।

‘म’बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उनको भनाइ छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनको धारणा रहेको छ ।

अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिए । कार्यक्रममा पार्टीको प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

प्रकाशित मिति:August 11, 2022