मलेसियाबाट नेपाल आउन चाहने नेपालीले अनलाईन फारम भर्नुभर्ने

  Sampatti News

June 8, 2020

काठमाडौँ । नेपाली दुतावास, मलेसियाले नेपाल र्फकन चाहने नेपालीलाइृ विवरण फारम भर्न ह्वान गरेको छ ।
केही समय अघि नेपाली दूतावास, मलेसियाले नेपाल फर्कन चाहेका नागरिकहरूका लागि अनलाइन विवरण भर्न दिएको थियो । तर त्यो विवरण पुर्ण नभएकाले पुन ः पछिल्लो पटक भर्न दिइएको विवरण अनुसारको फारम भर्न अनुरोध गरेको छ । अघिल्लो विवरणमा थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड—१९ को बढ्दो प्रभाव समेतलाई मध्य नजर गरेर नयाँ विवरण लिनु परेकोले आवश्यक सबै जानकारी समेट्ने नयाँ फारम भर्नुभर्ने भएको दुतावासले जनाएको छ ।
यसरी फारम भरेर नेपाल फर्कनेहरूले नेपाल जाने हवाई भाडा, होटेल क्वारेन्टाइन र स्थानीय यातायातको खर्च भने आफै व्यहोर्नु पर्नेछ । फारम भर्न दिइएको लिङ्कमा https://docs.google.com क्लिक गर्न सक्नुहुन्छ

प्रकाशित मिति:June 8, 2020