दुईथान बन्दुक सहित दुई युवा रंगेहात पक्राउ

  Sampatti News

June 8, 2020

सिराह । सिरहामा दुई थान बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाइ विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६९ वर्षीय कुल बहादुर पुर्वछाने र वर्ष ६२ का तिलक बहादुर थापाका रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आईतवार गोलबजार नगरपालिका वडा नं—३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा, बारुद सहित पक्राउ गरेको छ ।
घटानको बारेमा विशेष अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

प्रकाशित मिति:June 8, 2020