पछिल्लो २४ घण्टामा ३१४ जनामा कोराना संक्रमण पुष्टि

  Sampatti News

June 8, 2020

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयमा नव नियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
यो संगै नेपालमा कोरोनासंक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
आजसम्म १ लाख ९ सय ७१ जनामा कोरोना परिक्षण गरिएको छ । निको भएर घर जानेको संख्या ४ सय ८८ रहेको छ भने १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति:June 8, 2020