बुटवलमा पाँच जनाको सामुहिक हत्या

  Sampatti News

June 9, 2020

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
गएराति सुर्खेतका एक जना व्यक्ति स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाइृ हत्या गरेका हुने, हत्या हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर रहेका छन् ।


घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी प्रहरीको नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वयमले स्वीकारेको प्रहरी दाबी छ ।

तर, उनले किन र केका लागि हत्या गरे भन्ने कुरा भने अझै नखुलेको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

प्रकाशित मिति:June 9, 2020