सांसद गिरीलाई देश निकाला गर्न चौतर्फि दबाब

  Sampatti News

June 9, 2020

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृले पटक पटक राष्ट्र विरोधि अभिव्यक्ति दिएपछि जनताले देशनिकाला गर्न दबाब दिईरहेका छन् । भारतले नेपालको भूमि लिपुलेकमा निमार्ण गरेको बाटो उद्घाटन गरेपछि जनता आक्रोसित भएका थिए । सरकारले पनि जनताको माग र आफ्नो स्वाभिमानलाई सम्बोधन गर्दै लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्यो ।
सरकारले नयाँ नक्सा सार्वजनिक पश्चात नेतृ सरिता गिरीले भारतसँग सल्लाह नगरी नक्सा सार्वजनिक गरेकोमा विमत देखाउँदै पटक पटक लिपुलेक र लिम्पियाधुरा नेपालको नभएको दाबि गर्दै आएपछि उनी विवादमा परेकी छिन् ।
उनीले नेपालको विपक्षमा अभिव्यक्ति दिदै संसदमा समेत हिन्दी भाषा प्रयोग गरेपछि नेपाली जनता उनीमाथि खनिएका हुन् । साथै उनले पत्रकार ऋषि धमलासँगको अन्र्तवातामा लिम्पियाधुरा नेपालको भूमि हो भन्ने प्रमाण माग्दै भारतीय भएको दाबी समेत गरेकि थिईन ।
उनका यस्ता अभिव्यक्तिको जवाफ दिँदै सांसद गंगा चौधरीले उनलाई चेतावनि समेत दिँदै आएकि छिन् । उनले भारतिय चेलीको दादागिरी नेपालमा नचल्ले बताउँदै आएकि छन् ।

राजनीतिक नेता, पत्रकार, व्यवसायी देखि चिकित्सकसम्मले गिरीको अभिव्यक्तिमाथि कडा प्रतिक्रिया जनाएका छन । राप्रपा अध्यक्ष कमल थापाले उनीले संसदमा रहने नैतिकता गुमाएको बताएका छन । उनले भनाइ फिर्ता लिने वा संसद पदबाट राजिनामा दिने दुइ मध्येको एक विकल्प रोज्नुपर्ने बताएका छन ।
उनलाई नेपाली जनताले राष्ट्रघातीको संज्ञा दिँदै तुरुन्तै देशनिकाला गर्नुपर्ने माग गरेका छन् । प्राध्यापक समेत रहेका चिकित्सक डा सुधांशु केसीले लिम्पियाधुरासहितको नेपालको नक्सा होइन भनेर भारतीय पक्षको वकालत गर्ने गिरी कुन आधारमा संसदमा रहिरहने भन्ने प्रश्न गरेका छन ? केसीको प्रश्न तल हेर्न सक्नुहुन्छ ।
त्यस्तै पर्यटन व्यवसायी प्रदीप आचार्यले पनि गिरीलाइ तत्काल देश निकाला गर्न माग गरेका छन् । उनले गिरीले दिएको अभिव्यक्ति संविधान विपरित रहेको भन्दै भाजपाका नेताको भन्दा तल्लोस्तरमा देशकाविरूद्धमा टिप्पणी भएको बताएका छन । उनले गिरी माथि राज्यद्रोहको मुद्वा लगाएर भारत फर्काउनुपर्ने बताएका छन ।
यस्तै पत्रकार हेमराज सिललालले पनि लिम्पियाधुरा नेपालको होइन भन्ने गिरीको नागरिकता खोसेर बिहार पठाउनु पर्ने माग गरेका छन ।
साथै राप्रपाका अध्यक्ष कमल थापा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनरार गरुङले पनि उनलाई राष्टि घातिको संज्ञा दिएका छन् ।

प्रकाशित मिति:June 9, 2020