कोरोना नियन्त्रणमा सरकार अति कमजोर भएको भन्दै बालुवाटारमा प्रदर्शन

Nepal Cover
२७ जेष्ठ २०७७, मंगलवार
image

काठमाडौँ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर र प्रभावहिन रहेको भन्दै आज केही प्रदर्शनकारीहरु बालुवाटार जनिक प्रदर्शन गरेका हुन् ।


उनीहरुले कर लकप्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीको लाठी लागेर विवेकशील नेपाली दलका उज्ज्वल थापा सामान्य घाइते भएका छन् ।
प्रहरीले आन्दोलनकारीलाई पानीको फोहोराले तितरवितर पारेर नियन्त्रणमा लिएको हो । भने १० जनालाई प्रहरीले पक्रेको हो ।
प्रदर्शन कारीले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नु पर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु पर्ने तथा सबैको जीवन रक्षा गर्नु पर्ने मागसहित प्रधानमन्त्री निवास नजिकै रहेको वडा कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।