सुदुरपश्चिममा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

June 10, 2020

कैलाली । सुदुरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परिक्षणबाट पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् ।

त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने २२ को १ जना पुरुष र दार्चुला लेकम गाउपालिका बस्ने वर्ष २६ को १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ९ हजार १ सय ६६ जनाको स्वाब संकलन गरिएको र ७ हजार ४ सय ८३ जनाको पिसिआर मेसिनबाट जाँच गरिएको जनाएको छ ।

७ हजार ६ सय २२ जनाको रिपोट नेगेटिभ छ भने कूल १ सय ५५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नेरेन्द्रसिंह कार्कीले बताए । १ हजार ५१७ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।

आरडिटी बिधिवाट ४४ हजार ८ सय ८८ जनाको परीक्षण गरिएको छ । ४३ हजार १ सय ७ को नतिजा नेगेटिभ छ भने १ हजार ७ सय ८१ जना आरडिटी पोजिटिभ भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । पोजिटिभ आएकाहरुको पिसिआर विधिबाट जाँच हुने क्रम जारी रहेको उनले बताए ।

५५ हजार ७ सय ३० जना पुरुष र १० हजार २ सय ६१ जना महिला क्वारेन्टाइनमा रहेको उनले बताए । प्रदेशमा आईसोलेसन बेड संख्या २ सय ४९ रहेको र शंकास्पद ३३ र संक्रमित ८५ गरी १ सय १८ जनालाई आईसोलेसनमा राखी उपचार भइरहेको उनले बताए । ३ सय १७ जना भने सामान्य उपचारपछि घर गइसकेको उनले बताए ।

प्रकाशित मिति:June 10, 2020