धनुषाको थुनुवा कक्षामा आत्माहत्या

  Sampatti News

June 10, 2020

जनकपुरधाम । धनुषामाको इलाका प्रहरीकार्यलय भित्र एक थुनुवा युवकले आत्माहत्या गरेका छन् ।
सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै पासो लगाएर आत्माहत्या गरेको इलाका प्रहरी धनुषाले जनाएको छ । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् ।
अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । सुरक्षाको लागि जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

प्रकाशित मिति:June 10, 2020