करणीको आरोपमा चार युवा पक्राउ

  Sampatti News

June 10, 2020

कैलाली । कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन् । तीन जना किशोरी बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी गराए ।


उपरीक्षक बिष्टका अनुसार मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरूमाथि जबरजस्ती करणी गरी फरार उनीहरु फरार भएका थिए ।
उनीहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
साथै, बलात्कारमा संलग्न अन्य व्यक्तिहरू फरार भएको र उनीहरूको खोजी भइरहेको पनि बताए।

प्रकाशित मिति:June 10, 2020