June 10, 2020
काठमाडौं । न्युरोडमा साना व्यापारी—व्यवसायीहरू सरकार विरुद्ध प्रर्दशनमा उत्रिएका छन् ।
यतिबेला ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएका छन् । व्यापारिहरुको संख्या बढ्दै गएपछि पछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ ।
व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । उनीहरुले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको समेत गुनासो गरेका छन् ।
उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न समेत माग गरेका छन् ।
लकडाउनको अवधि लामो भएको कारण आफुहरु मर्कामा परेको कारण २२ गतेदेखि आफैँ सफल खोलेपनि तीनदिन पछि प्रहरीले एक्कासी बन्द गराएपछि उनीहरु प्रर्दशनमा उत्रियका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आफू व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई तालाचाबी बुझाउने बताएका छन् । लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यवसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले आफ्नो जिम्मा लिनुपर्ने अध्यक्ष कटुवालले बताए ।
प्रकाशित मिति:June 10, 2020
November 23, 2024