रुकुमको घटना जातिय विभेद हो, निष्पक्ष छानविन हुन्छ

  Sampatti News

June 10, 2020

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आजको प्रतिनिधि सभा बैठकमा सांसदहरुको उत्तर दिँदै रुकुम चौरजहारी घटनाको पृष्ठभूमि जातीय छुवाछुत तथा सामाजिक विकृति देखिएको बताएका छन् ।

उनले हिंसाको सुरुवात जातिय विभेदबाट भएको बताउँदै छानविन पश्चात दोषिलाई कारवाहि गरिने बताएका हुन् ।


रुकुम हत्या काण्डको भने निष्पक्ष छानबिन हुने आश्वासन दिँदै ओलीले संसदले ९ सदस्यीय छानबिन समिति बनाएको सन्दर्भ प्रकाश पार्दै त्यसले पनि सरकारको अनुसन्धानमा सहयोग र्पुयाउने जानकारी दिए । “जसको जे दोष छ, त्यही अनुसार कारबाही हुन्छ । संसदीय समिति बनेको छ । सरकारले गम्भीरताका साथ लिएको छ । यस्तो घटना दुःखद् हो जातीय, छुवाछूत, सामजिक विकृति, पृष्ठभूमिमा देखिन्छ,” उनको भनाइ थियो ।

प्रकाशित मिति:June 10, 2020